सरकारले नियम विपरित अहेबलाई जिम्मेवारी

चितवन । सरकारले फार्मेसी हेर्ने जिम्मा फार्मासिस्टलाई दिनु भनेको भएपनि अस्पतालले फोर्मेसीको सम्पूर्ण जिम्मेवारी अहेबलाई दिएपछि फार्मासिस्टहरु आन्दोलनमा उत्रिएका छन् । अस्पताल फार्मेसी सम्बन्धमा उल्लिेखित नीति, नियम एवं कार्यविधि हुबहु लागू हुनुपर्ने मागसहित फार्मासिस्टहरु आन्दोलनमा उत्रिएका हुन् ।

भरतपुर सरकारी अस्पतालको फार्मेसी सरकारबाट जारी भएको ऐन नीति नियम विपरित सञ्चालन भएपछि फार्मासिस्टहरु आन्दोलनमा उत्रिएका छन् । सरकारले फार्मेसी हेर्ने जिम्मा फार्मासिस्टलाई दिनु भनेको भएपनि अस्पतालले फोर्मेसीको सम्पूर्ण जिम्मेवारी अहेबलाई दिएको छ ।

जुन बिषयका लागि जागिर खान आएको हो तेसैको जिम्मेवारी दिनुपर्ने’ आन्दोलनका संयोजक डा. शैलेस बस्यालको माग रहेको छ । फार्मेसीमा अहिले अर्कै फिल्डका कर्मचारी अहेबलाई जिम्मा दिइएकोमा फार्मासिस्टहरु असन्तुष्ट रहेका छन् । फार्मेसीको काम फार्मेसिस्टलाई नै दिन प्रशासन समक्ष पटकपटक माग राख्दा पनि माग पूरा नभएपछि आन्दोलनमा उत्रिनुपरेको संयोजक बस्यालले जानकारी दिए ।

बस्यालले अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीलाई समेत ज्ञापन पत्र बुझाइएको बताए । यस्तै चितवनका प्रमुख जिल्ला अधिकारीलाई समेत आन्दोलनकारीहरुले यसबारेमा जानकारी गराएका छन् ।

आन्दोलनकारीहरु हातमा कालोपट्टी बाँधेर १ घन्टा धर्नामा बसेका थिए ।आन्दोलन गरेपनि काम भने जारी नै राख्ने बस्यालले बताए । भरतपुर अस्पतालमा २३ जना फार्मेसिस्ट कार्यरत छन् । अस्पतालमा अहिले औषधिको चरम अभाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..