कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं. १७ मझगाउमा निषेधाज्ञा उल्लघंन गर्नेमाथि प्रहरीले कारवाही थालेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निषेधाज्ञा पालना नगर्ने नागरिहकरुलाई बाटोमै होल्ड गराएर घर पठाउन थालेको हो ।
कञ्चनपुरमा कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बैशाख १६ गते देखि जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।
भारतसँग सिमानाका जोडिएको जिल्ला भएकाले पनि सुदुरपश्चिमका अरु जिल्ला भन्दा पनि कञ्चनपुरमा कडाइ गरिएको प्रहरी प्रशासनले जनाएको छ ।


