त्रिशूली अस्पतालमा भर्ना भएका कोभिड बिरामी र चिकित्सकलाई नुवाकोट नेपाली कांग्रेसले खाना खुवाउने

काठमाडाै‌ । नेपाली कांग्रेस नुवाकोटले त्रिशूली अस्पतालमा भर्ना भएका बिरामी र कार्यरत स्वास्थ्यकर्मीलाई अस्पतालभित्रै खाना खाने व्यवस्ता मिलाएको छ। अस्पतालमा कोभिडका बिरामीको चाप बढ्दै जाँदा खाना व्यवस्थापनमा समस्या परेको जनाउँदै कांग्रेसले अग्रसरता लिएको जिल्ला सभापति जगदीशश्वर नरसिंह केसीले जानकारी दिए।

‘जेठ २ गते बिहानदेखि त्रिशूली अस्पताल भर्ना भई उपचारमा रहेका सबै कोविडका बिरामी र कोभिडका बिरामीको परीक्षण र उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीका लागि नियमित रूपमा अस्पतालमै खानाको व्यवस्था गरिएको छ,’ केसीले जानकारी दिए।नेपाली कांग्रेस नुवाकोटको कार्यमा यशोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रस्टको पनि सहयोग गरेको उनले बताए। ॐ आदि फाउन्डेसनले तोकिएको मापदण्ड र पौष्टिक तत्वयुक्त खाना अस्पतालमै खुवाउने भएको छ।

कोभिड विरामी र स्वास्थ्यकर्मीलाई खुवाएको खाना वापतको रकम साप्ताहिक रुपमा चुक्ता गरिने केसीले बताए।यस्तै, नेपाली कांग्रेस नुवाकोट र यशोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रस्टकै अग्रसरतामा ॐ आदि फाउन्डेसनले चार दिनदेखि काठमाडौंस्थित शिक्षण अस्पतालका कोभिड विरामीलाई खानाको व्यवस्था गर्दै आएको छ।

नेपाली कांग्रेस नुवाकोटको पार्टी कार्यालयलाई आइसोलेसन वार्ड बनाउने निर्णय यस अघि नै गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..