उपत्यकाका तीन जिल्लामा आगामी जेठ १३ गते मध्यरातसम्म निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा आगामी जेठ १३ गते मध्यरातसम्म निषेधाज्ञा थप गरिएको छ ।अब काठमाडौँ उपत्यकामा बिहान १० बजेसम्म मात्र पसल खाेल्न पाइने भएकाे छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार भोलिदेखि लागूहुने गरी खाद्यान्न, फलफूल, तरकारी, दूग्धजन्य पदार्थलगायत दैनिक उपभोग्य वस्तु बिक्री गर्ने पसलहरु बिहान १० बजेसम्म खोल्न पाइने भएको हो।

अत्यावश्यक कामबाहेक घरबाहिर निस्कनेलाई होल्डिङ सेन्टरमा राख्ने र संक्रामक रोग ऐनअनुसार कार्वाही गर्ने निर्णय पनि  उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालय  गरेका छन् ।

 अब घर वा आफू बसेको स्थानमै बढीमा १० जना मात्र उपस्थित भएर बिहे गर्न दिने निर्णय प्रशासनले गरेका छन् । ‘अनुगमनका क्रममा अत्यावश्यक सामग्री खरिदमा भीडभाड बढेको देखिएकाले त्यसलाई कम गर्न किनमेलका लागि १ घण्टा समय थपिएको हो।’काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने। 

बैंक तथा वित्तिय संस्थाका कार्यालय २५ प्रतिशत मात्र खोल्न निर्देशन दिए पनि त्यसभन्दा बढी खुलेको निष्कर्ष निकाल्दै प्रशासनले अनुगमन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..