कञ्चनपुरमा धमाधम पक्राउ पर्दै लागुऔषध कारोबारी

कञ्चनपुर । कञ्चनपुरमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्लाा प्रशासन कार्यालय कञ्चनपुरले भारत संग जोडिएको गड्डाचौकी र गौरी फाटा नाका बाहेक सबै सिल गरेको छ ।

सिमानाका सिल गरेपनि तस्कर भने आफ्नो कार्यमा ब्यस्त छन् । जिल्लाा प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतमा खटिएको टोलीले ४ दिनमा लागुऔषध सहित ६ जनालाई पक्राउ गरेको छ ।

यसैक्रममा आज कञ्चनपुरको बेलडाँडी गाउँपालिका- २ बाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीको टोलीले बा ४२ प ५४४६ नम्बरको मोटरसाईकल शंका लागि चेकजाँच गर्दा भीमदत्त नगरपालिका-१० तिलकेनी बस्ने अन्दाजी २१ बर्षका लक्ष्मण धामी र जिल्ला बझाङ्ग बुगल नगरपालिका-८ जजल्ली बस्ने अन्दाजी २२ बर्षका नरेन्द्र जाग्रीलाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट १२ ग्राम २८० मिलिग्राम लागुऔषध खैरोहिरोईन प्रहरीले बरामद गरेको छ।

मोटरसाइकलसहित दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएर कानुन बमोजिम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

समातिँदै कारोबारी

कञ्चनपुर प्रहरीले यसअघि शुक्रबार र शनिबार कञ्चनपुरको बेलौरी नगरपालकि र दोधारा चादनी नगरपालिका बाट १२ ग्राम ६४० मिलिग्राम खैरो हिरोइन र १४ ग्राम ६९० मिलिग्राम खैरो हिरोइन पक्राउ गरेको हो ।

दोधारा चादनी नगरपालिका बाट पक्राउ पर्नेमा दोधारा चादनी नगरपालिका वडा नम्बर १ का ३४ वर्षिय प्रेम दत्त भट्ट र बेदकोट नगरपालिका वडा नम्बर २ का ३२ वर्षिय केशव खत्री रहेका छन् । सीमावर्ती भारतीय बजारसँग सीधै जोडिने सहायक मार्ग प्रयोग गर्दै आएका लागुऔषध कारोबारीहरूमाथि कडा निगरानी गर्न थालेपछि धमाधम कारोबारी पक्राउ पर्न थालेका एसपी चतुर्बेदीले बताए । 

भारतीय खुला सीमाको फाइदा उठाउँदै

कारोबारीहरूले कडा खालका लागुऔषध अन्यत्रबाट मगाएर सीमा पारी पुर्‍याउने र उताबाट भरिया युवामार्फत् सिरिञ्ज प्रयोग गर्ने र खाने लागुऔषध भिœयाउने गरेको आशंका गरिएको छ । सीमावर्ती क्षेत्रमा पर्ने जिल्लाका विभिन्न ठाउँबाट पक्राउ पर्ने युवा, उनीहरूबाट बरामद लागुऔषध र पूर्वपश्चिम सडक क्षेत्रका स्थानबाट कडा खालका लागुऔषधसहित कारोबारी पक्राउ पर्नुले पनि त्यसैको पुष्टि गर्ने एक पूर्वलागुऔषध दुव्र्यसनीले नाम उल्लेख नगर्ने सर्तमा बताए । 

 वितरक र कारोबारी निशानामा

कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जिल्लाका लागुऔषध वितरक र कारोबारीलाई मुख्य निशाना बनाएर विशेष कार्ययोजनासहित लागुऔषधविरुद्ध अभियान चलाइएको बताए ।

‘भारतीय सीमासँग जोडिएका जिल्लाका नाकामा विशेष निगरानी र चेकजाँच बढाएपछि लागुऔषध कारोबारी र वितरक पक्राउ पर्न थालेका छन्,’ उनले भने, ‘कतिपयलाई घरमै लुकाएर राखेको लागुऔषधसहित पक्राउ गरी कारबाही चलाउन सफल भएका छौँ ।’ प्रहरीको लागुऔषधविरुद्धको अभियानमा नागरिक समाज, बुद्धिजीवी, सामाजिक अभियानकर्मीलगायत सबैको सहकार्यको अपेक्षा गरिएको एसपी चतुर्वेदीले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..