बढी मूल्यमा पल्स अक्सिमिटर बिक्री गरेको आरोपमा पक्राउ

वीरगञ्ज । बढी मूल्यमा पल्स अक्सिमिटर बिक्री गरेको आरोपमा एक जनालाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१६ नगवा बस्ने ३२ वर्षीय रामहरि तिवारीलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

उनको पसलबाट प्रहरीले १२ थान पल्स अक्सिमिटर बरामदसमेत गरेको छ । घरमै खोलेको औषधि पसलमा १ हजार ९ सय पर्ने अक्सिमिटरलाई उनले ३ हजार ५ सय रुपैयाँमा बिक्री गरेको प्रहरीले दाबी गरेको छ ।

कालोबजारी गरेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।उनलाई नियन्त्रणमा लिई कालोबजारी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..