काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक बस्ने भएको छ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसदमा विश्वासको मत मागेको बेला ओलीलाई रोक्न नेपाल पक्षका सांसदहरुले राजीनामा दिने तयारी गरेको बेला थप छलफल गर्न स्थायी कमिटी बैठक बस्ने भएको हो ।यसअघि शनिबार साँझ बसेको सांसदहरुको बैठकले २०७५ जेठ २ मा फर्कन अध्यक्ष ओलीलाई २४ घण्टे अल्टिमेटम दिने निर्णय समेत गरेको थियो ।
नेपाल पक्षका एक सांसदका अनुसार आज पार्टी स्थायी कमिटीको बैठक बस्दै छ, भर्चुअल माध्यमबाट भए पनि बस्छ र कसरी अगाडि बढ्ने भनेर छलफल हुनेछ। यद्यपि उनले समय भने अहिले फिक्स भइ नसकेको बताए।


