काठमाडौं । संवैधानिक परिषद् बैठक सुरु भएको छ । संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा भने उपस्थित भएका छैनन् । प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबरा भने उपस्थित छन् । बैठक केहीबेरअघिदेखि सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।
वैशाख २१ गते प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन अध्यादेश–२०७८ जारी गरेर संवैधानिक परिषदमा कुनै तीन सदस्यले बैठक बसी निर्णय गर्न सक्ने व्यवस्था गराएका छन् । जसले गर्दा आजको बैठकमा प्रमुख प्रतिपक्षी दल र सभामुख नगएपनि महत्वपूर्ण निर्णय हुन सक्छ । प्रधानमन्त्री केपी ओलीले विभिन्न संवैधानिक निकायमा रिक्त पदमा नियुक्तिका लागि परिषद्को बैठक बोलाएका हुन् । तर भोलि विश्वासको मत लिन लागेका प्रधानमन्त्रीले एकदिख अघि संबैधानिक परिषद्को बैठक बोलाएर आफू अनुकुल निर्णय गराउन लागको भन्दै अहिले व्यापक विरोध भइरहेको छ ।
परिषद् बैठकमा प्रधानमन्त्री ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र मुख्यसचिव शंकरदास बैरागी उपस्थित छन् ।


