पूर्वअख्तियार प्रमुख आयुक्त बस्न्यात ५ लाख धरौटीमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले आज बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

बस्न्यातको बन्दीप्रत्यक्षीकरणको निवेदनमा सर्वोच्चले उक्त आदेश दिएको हो । बस्न्यातले आफूलाई कोरोना संक्रमण भई अस्पतालमा भर्ना रहेको र मुटुको रोगीसमेत भएकाले धरौटीमा रिहा भई मुद्दा लड्न पाउनुपर्ने माग राखी निवेदन दिएका थिए । बस्न्यातले १७ वैशाखमा छोरी ज्वाईं प्रज्वल अधिकारीमार्फत सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएका हुन् । अधिकारीले निवेदनसँगै बस्न्यातको कोभिड–१९ संक्रमण पुष्टि भएको प्रमाण पत्र समेत पेश गरेका थिए । बस्न्यात अहिले ओम अस्पतालमा उपचाररत छन् ।


२०७७ मंसिर २८ मा विशेष अदालतले बस्न्यातलाई ललिता निवास जग्गा प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बस्न्यातलाई थुनामा पठाउन आदेश दिएको थियो ।अख्तियारले २२ माघ २०७६ मा उनी सहित १७५ जना प्रतिवादी कायम गर्दै ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

अख्तियारले पूर्व उप–प्रधानमन्त्रीसहित तीन मन्त्री, तीन पूर्वसचिव, पाँच सहसचिव र ६ उपसचिव विरुद्ध १० अर्ब १४ करोड ३४ लाखभन्दा बढी बिगो मागदाबी सहित मुद्दा दर्ता गरेको हो ।
आरोपी बस्न्यातसँग नौ करोड ६५ लाख रुपैयाँ बिगो मागदाबी र भ्रष्टाचार निवारण ऐन अनुसार हदैसम्मको जेल सजाय माग गर्दै मुद्दा दर्ता भएको छ । आयोगले काठमाडौंको बालुवाटारस्थित ललिता निवासको १३६ रोपनी सरकारी जग्गा हडप्ने र सहयोग गर्ने विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..