चट्याङ लागेर प्रहरी चौकी इन्चार्जको मृत्यु

झापा । सोमबार राति परेको चट्याङ लागेर झापामा प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका-२ किच्चकबधमा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत महादेव ठाकुर रहेका छन्। ठाकुर सो चौकीका इन्चार्ज समेत हुन्।

साइकलमा गस्ती गर्ने क्रममा राति १० बजे वर्षासहित परेको चट्याङले ठाकुरलाई लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताए। घाइते ठाकुरलाई तत्काल उपचारका लागि भद्रपुरको ओम साइ पाथीभरा अस्पताल ल्याइएको थियो।

अस्पताल ल्याउने बित्तिकै उनलाई चिकित्सकले मृत घोषित गरेका थिए। रतुवामाई ५ मोरङ निवासी ४७ वर्षीय ठाकुर एक महिना अघिदेखि उक्त स्थानमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..