लागूऔषधसहित दुई जना पक्राउ

मोरङ । उर्लाबारी नगरपालिका–४ आइतबारे बजारबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उर्लाबारी–४ आइतबारे बस्ने २१ वर्षीय सागर तामाङ र सोही स्थान बस्ने १७ वर्षीय दिपेश राजवंशी छन् ।प्रहरीले उनीहरुको साथबाट ट्रामोल १० पत्ता (१०० चक्की) र डिकोलिन १० पत्ता (१०० चक्की) बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईले बताए ।


प्रहरीले पक्राउ पर्नेहरूलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीमा राखेर थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..