कर्मचारीलाई हप्तामा दुई दिन बिदा दिन सीसीएमसीको सिफारिस

काठमाडौं । राजधानीलगायतका सहरी क्षेत्र कोरोनाको हट स्पट बनेसँगै सरकारी कार्यलयहरुलाई सातामा दुई दिन बिदा दिन सिफारिस गरिएको छ ।
आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले सरकारी कार्यालयमा दुई दिन बिदा दिन मन्त्रिपरिषद्मा सिफारिस गरेको छ ।


सिसीएमसीले कोरोना संक्रमण रोक्नका लागि सातामा दुई दिन अर्थात शनिवार र आइतबार सरकारी कार्यलयमा बिदा दिन प्रस्ताव गरेको छ ।
यस्तै सीसीएमसीले आवश्यक पर्ने न्यूनतम कर्मचारीलाई राखेर कार्यालय संचालन गर्न पनि सिफारिस गरिएको छ ।

यस्तै सीसीएमसीले आजदेखि सञ्चालन हुने सबै खालको परीक्षा स्थगन गर्न सिफारिस गरेको थियो । यद्यपि परीक्षा भने यथावत छ ।आइतबारको बैठकमा सङ्क्रमणको बढ्दो त्रास र त्यसको रोकथामबारे आगामी दिनमा अपनाउनुपर्ने रणनीतिबारे छलफल भएको थियो ।

यस्तै बैठकले कोरोनाको उच्च संक्रमण फैलिरहेको छिमेकी मुलुक भारतीय सीमा नाकाहरुमा कडाइ गर्दै सीमानाकामा विदेशी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने सरकारलाई सिफारिस गरेको छ ।सीसीएमसीको यो प्रस्तावमाथि आज बस्ने मन्त्रिपरिषद् बैठकमा छलफल हुनेछ ।

आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक डाकिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..