युरोप पठाइदिन्छु भनेर ठगी गर्ने राई प्रहरी फन्दामा

काठमाडौं । युरोप पठाइदिन्छु भनेर रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले चितवनको राप्ती नगरपालिका–३ घर भएका ३६ वर्षीय भरतप्रसाद राईलाई पक्राउ गरेको हो ।


काठमाडौं नयाँबजार बस्दै आएका राईले युरोप पठाइदिने भनेर १९ लाख ४७ हजार ठगी गरेको महाशाखाका प्रवक्ता कृष्ण कोइरालाले बताए ।
काठमाडौंमा ग्राण्डी ग्लोबल होलिडेज प्रालि सञ्चालन गरेका उनले पोर्चुगल, लाटभिया, युक्रेन पठाउने भन्दै ठगी गरेको आरोप लागेको छ ।


पक्राउ परेका राईलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..