चेन्नाई आइपीएलको शीर्ष स्थानमा

नयाँदिल्ली । आइपीएल क्रिकेटमा चेन्नाई शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राती भएको खेलमा कोलकातालाई १८ रनले हराउँदै चेन्नाई बेंगलोरलाई उछिन्दै शीर्ष स्थानमा उक्लिएको हो ।

मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२० रन बनाएको थियो । उसका लागि फाफ डुप्लेसिसले ९५ रन बनाए । २२१ रनको विशाल लक्ष्य पछ्याएको कोलकाता १९ ओभर १ बलमा अलआउट हुँदै २०१ रनमा सिमित भयो ।

उसका लागि प्याट कुमिन्सले नटआउट ६६ र आन्दे्र रसेलले ५४ रन बनाए । चेन्नाईका दीपक चाहरले चार र लुंगी नेग्डीले तीन विकेट लिए । जितसँगै चेन्नाई चार खेलबाट ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको बेंगलोर रनरेटका आधारमा दोस्रो स्थानमा छ । कोलकाता भने २ अंकसहित छैटौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..