मदननगरमा नेकपा एमालेकाे अत्याधुनिक भवन

काठमाडाैँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का अध्यक्ष केपी शर्मा ओलीद्वारा बल्खुस्थित मदननगरमा पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यास गरिएकाे छ । नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका ओलीले बिहीबार ९ बजे बल्खुस्थित पार्टीको पहिले कार्यालय रहेकै ठाउँमा नयाँ भवन निर्माण कार्यकाे शिलान्यास गर्नुभएको हो ।


बल्खुमा नेकपा एमालेको नाममा करिब १३ रोपनी क्षेत्रफलमा फैलिएको जग्गा छ । साेही जग्गामा अत्याधुनिक भवन निर्माण हुन लागेकाे हाे ।
२०७२ सालमा गएको भूकम्पले बल्खुस्थित एमाले कार्यालय भवनमा क्षति पुगेको थियो । त्यसपछि एमाले कार्यालय भाडाका भवनमा चल्दै अाएकाे छ ।


कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा ओलीले आज पार्टी केन्द्रीय कार्यालय भवन शिलान्यास गरिएकाे जनाइएकाे छ । हाल मदन भण्डारीकाे सालिक रहेकाे स्थानमै सालिकलाइ भवनकाे अगाडि पार्नेगरी कार्यालय बन्नेछ ।
एमाले केन्द्रीय कार्यालयकाे उक्त अत्याधुनिक भवनको डिजाइन तयार भइसकेको पार्टीका आर्थिक विभाग प्रमुख विष्णु रिमालले जानकारी दिनुभएकाे छ ।

उहाँका अनुसार नयाँ बन्ने कार्यालयमा सभाहल, बैठक कक्षसहित, हरित पार्क र पर्याप्त पार्किङ सुविधासहितकाे हुने गरी डिजाइन गरिएको छ ।
यसअघि नेकपा पार्टीकै कार्यालय भवन बनाउने याेजना भए पनि विभिन्न कारणले ढिलाइ भएकाे बताइएकाे छ । हाल नेकपा पार्टी नै विभाजित भइसकेकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..