साँखुमा सहकारीबाट पाँच लाख चोरी

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–७ साँखु स्थित महादेवस्थानमा सहकारी चोरी भएको छ । लावण्य बचत तथा ऋण सहकारीको ताला फुटाएर ५ लाख चोरी भएको सहकारीका सञ्चालकले दावी गरेका छन् ।


सहकारी चोरी भएको भन्दै संचालकले मंगलबार बिहान प्रहरीलाई खबर गरेका थिए । मुल ढोकाको ताला फोडेको भेटिएको छ । कार्टुनमा प्याक गरेको केही नगद र ल्यापटप त्यतिकै छाडिएको छ ।

सहकारीमा सिसिटिभी राखिएको थिएन । चोरीबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेशकुमार बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..