आईपीएलमा दिल्लीको दोस्रो जित पञ्जाब ६ विकेटले पराजित

नयाँदिल्ली । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा दोस्रो जित हात पारेको छ । आइतबार भएको खेलमा दिल्लीले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो
शिखर धवनले उत्कृष्ट ब्याटिङ गरेपछि दिल्लीले १९६ रनको लक्ष्य १८.२ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गर्‍यो ।


ओपनर धवनले ४९ बल खेल्दै १३ चौका र २ छक्का मद्दतमा दिल्लीका लागि सर्वाधिक ९२ रन बनाए । यस्तै अर्का ओपनर पृथ्वी शले ३२ रन योगदान गरे । दिल्लीका लागि डेब्यु गरेका स्टेभ स्मिथ ९ रन बनाएर आउट भए । कप्तान ऋषभ पन्तले १५ रन जोडे ।
मार्कुस स्टोइनिस अविजित २७ रन बनाए । ललित यादव १२ रनमा अविजित रहे । पञ्जाबका रिचर्डसनले २ तथा अर्शदीप सिंह र रिले मेरेडिथले समान १ विकेट लिए ।

त्यसअघि मुम्बईस्थित वाङखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो । आक्रामक शुरुवात गरे पनि पञ्जाबले गतिलो फिनिसिङ गर्न सकेन ।


पहिलो विकेटका लागि मायांक अग्रवाल र कप्तान लोकेश राहुलले १२.४ ओभरमै १२२ रनको साझेदारी गरेका थिए । तर यी दुई खेलाडी आउट भएपछि पञ्जाबको रन गति रोकियो । अग्रवालले सर्वाधिक ६९ रन बनाए । उनले ३६ बल खेल्दै ७ चौका र ४ छक्का प्रहार गरे । राहुलले ६१ रन जोडे । दीपक हुडाले अविजित २२ रन बनाए । शाहरु खानले अविजित १५ रन जोडे ।


बलिङमा दिल्लीका क्रिस वोक्स, कागिसो रबाडा, लुकमन मेरिवाला र आभेष खानले १-१ विकेट लिए । दोस्रो जितपछि ३ खेलबाट ४ अंक जोडेको दिल्ली मुम्बई इन्डियन्सलाई रनरेटमा पछि पार्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ । दोस्रो हारपछि पञ्जाब ३ खेलबाट २ अंकसहित सातौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..