प्रम ओलीलाई सभामुख सापकोटाको जवाफ : ‘जस्तोसुकै जाेखिम लिन तयार छु,तर दबाबमा निर्णय गर्दिन’

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कसैको दबाबमा कुनै पनि निर्णय नगर्ने बताएका छन् । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का अध्यक्ष केपी शर्मा ओलीले सभामुखले सदनमा एमसीसी टेबल गर्न नदिएको भन्दै आक्रोस पोखिरहेको बेला सभामुख सापकोटाले कसैको दबाबमा कुनै पनि निर्णय नगर्ने बताएका हुन् ।

आफ्नो जिम्मेवारी र भूमिका स्वतन्त्र रहेको र आफूले सभामुखको रुपमा संविधानको अधिनमा रही स्वतन्त्र काम गर्ने सपथ खाएको स्मरण गर्दै सभामुख सापकोटाले भने– ‘म कसैको दबाबमा निर्णय गर्ने छैन । म जस्तोसुकै जोखिम लिन तयार छु । तर, दबाबमा निर्णय हुँदैन । संविधान र कानूनको आधारमा निर्णयहरु हुनेछन् ।

नेपाल पत्रकार महासंघको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले प्रतिनिधिसभा निकै ठूलो घेराबन्दीमा रहेको समेत बताएका छन् ।

कुनै न कुनै रुपमा संघीय संसद प्रतिनिधिसभामा दबाब सृजना गरेर आफू अनुकूल निर्णय गराउन घेराबन्दी गरिएको सभामुखको संकेत थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..