अपराधीहरुलाई पातालबाट पनि खोजेर ल्याउन पछि पर्दिन्नँ : डिएसपी दाहाल

लहान । लहान नगरपालिकामा केहि दिन यता लगातार भएको डकैतीका घट्नाले असुरक्षा महसुस गरिरहेका व्यापारीहरुले सिरहाका प्रहरी प्रशासनसँग शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गराउन माग गरेपछि सामुहिक कार्यक्रममा लहानका डिएसपी डा.तपन दाहालले शान्ति सुरक्षाको प्रत्याभूति गराउन लहानको प्रहरी एकसनमा आउने बताउनु भएको छ ।

लहान–२३ गढा चोकमा सुन चाँदीका व्यवसायी ४३ वर्षिय प्रदिप कुमार विश्वकर्मालाई गएको शनिबार राती १२ बजे लुटेराहरुले लाखौ मूल्यका सून चाादी लुट्नुको साथै व्यवसायी विश्वकर्मालाई हत्या गरेको, २३ गते लहान –२ मा रहेको सविता किराना पसलमा लुटपाट गर्नुको साथै पसल सञ्चालक बिन्देश्वर यादव र उहाँको पत्नी सविता यादवको टाउकोमा रड प्रहार गरेको ,चैत ३० गते लहानको बीच बजारमा रहेको महालक्ष्मी ज्वेलर्सका सञ्चालक राजेश शरडाको घरमा पसेर ५० केजी चाँदी र सुनका गहना लुटेपछि लहानका व्यापारी व्यवसायीहरु असुरक्षित भएपछि सिरहाका प्रहरी प्रशासनसँग यस्तो माग गरेका हुन् ।
जिल्ला उद्योग बाणिज्य सिरहा लहानको कार्यालयमा जिल्ला प्रहरी प्रमुख उपरक्षिक सुदिपराज भण्डारी,प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल,सशस्त्र प्रहरी जिल्ला प्रमुख उपरीक्षक दिपेश गिरी, इलाका प्रहरी कार्यालय लहानका प्रमुख नायव उपरीक्षक डा. तपन दाहाल र लहान नगरप्रमुख मुनि साहलाई जिल्ला उद्योग बाणिज्य संघ लहान सिरहाका अध्यक्ष अशोकलाल आमात्य गोलबजारका अध्यक्ष भरत अग्रवाल र पूर्व अध्यक्ष पवन मुन्धडाले शान्ति सुरक्षाको प्रत्याभूति नभए लहानका व्यापारी व्यसायीहरु पलायन हुने जानकारी गराउनुभयो ।

लहानमा घटेका शृङखलावद्ध अपराधिक र डकैतीका घट्नाहरु नियणत्रण गर्न प्रहरी सक्रियता निकै बढ्नुको साथै लहान स्थित मालपोत कार्यालयकमा बम विष्फोट गराउन र गढाको सुन चाँदी व्यवसायीलाई हत्या गर्ने गिरोहका लुटेरा हत्याराहरु पक्राउ परिसकेको इलाका प्रहरी कार्यालय लहानका नायव उपरीक्षक डा. तपन दाहालले जानकारी गराँउदै अन्य फरार रहेकाहरुलाई खोजी गरेर ल्याउनुको साथै लहानमा शान्ति सुरक्षाको लागि प्रहरी सक्रिय भैसकेकोले आफ्नो व्यापार व्यवसाय निर्धक्क भएर सञ्चालन गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,‘मैले आधा दर्जन ठूला शहरहरुमा पूर्ण शान्ति सुरक्षा कायम गरेर आएको अनुभव छ । लहानमा आएको अढाई महिना भयो । कृहि अपराधिक घट्नाहरु घटेकै हो । दस दिनपछि तपाईहरु प्रहरीको कार्वाही देखेर मेरो पनि प्रशंसा गर्नु हुनेछ । म अपराधीहरुसँग नरमरुख अपनाउदिन्न । शान्ति सुरक्षा दिन्न असमर्थ भए म आफै लहान छाडने छु । तर केहि दिन धैर्य गरौ अपराधीहरुलाई पातालबाट पनि खोजेर ल्याउन पछि पर्दिन्नँ ।’

सिरहा प्रहरी प्रमुख सुदिपराज भण्डारीले आफू आएको अढाई महिनामा सिरहामा भएका अपराधी घट्नाहरुमा प्रहरी सक्रियतामा कमि नरहेको विश्वास दिलाँउदै लहान क्षेत्रमा बढेको लुटपाटको घट्ना नियणत्रण गर्न उपलब्ध श्रोत साधनको प्रयोग गरेर शान्ति सुरक्षा दिन प्रहरी सक्षम रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले लहानमा बढेको अपराधी घट्नाहरुलाई पूर्ण रुपमा नियणत्रणमा लिन प्रहरीले योजनावद्ध रुपमा लागि सकेकोले कुनैपनि अपराधी नउम्कने गरी प्रहरी प्रशासन प्रचालित भइरहेकोले ढुक्क भएर व्यापार व्यासाय सञ्चालन गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..