पूर्वमुख्यमन्त्री लालुप्रसाद यादव धरौटीमा रिहा

एजेन्सी । भारतको बहुचर्चित चारा घोटाला मुद्दामा जेल परेका बिहारका पूर्वमुख्यमन्त्री एवं राष्ट्रिय जनता दल (आरजेडी) प्रमुख लालुप्रसाद यादव धरौटीमा रिहा हुने भएका छन् ।

झारखण्ड उच्च अदालतका न्यायाधीश अपरेशकुमार सिंहको इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो । कोषको रकम हिनामिना गरेको छुट्टाछुट्टै चार मुद्दामा उनलाई जेल चलान गरिएको थियो । यसअघि नै उनीमाथिका तीनवटा मुद्दामा धरौटीमा रिहा गर्न अदालतबाट आदेश भइसकेको छ ।

लालु यादव अहिले दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचाररत छन् । जनवरीको दोस्रो साता फोक्सोमा भएको संक्रमणका कारण स्वास्थ्य बिग्रिएपछि उनलाई राँचीस्थित रिम्समा उपचारका लागि लगिएको थियो ।

त्यहाँ उनको स्वास्थ्य अवस्था थप जटिल बनेपछि जेल प्रशासनले उनलाई थप उपचारका लागि एम्समा पठाउने निर्णय गरेका थिए । त्यसपछि अहिलेसम्म एम्समा उनी चिकित्सकीय निगरानीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..