लागूऔषध र नियन्त्रित औषधी सहित मेडिकल पोलि क्लिनिकका संचालक पक्राउ

उदयपुर । उदयपुर बेलका नगरपालिका १ आम्बासी स्थितमा रहेको बेलका मेडिलक पोलि क्लिनिक प्रा.लि. का संचालक सप्तरी चिरहुत गाऊपालिका २ मैनाकडेरी का २६ बर्षीय सुबोध यादबलाई लागूऔषध र नियन्त्रित औषधी सहित पक्राउ गरिएको छ ।

बिषेश सुचनाको आधारमा प्रहरीले शुक्रबार राती ११ बजे सो क्लिनिकमा खानतलासी गर्दा TRAMADOl HYDROCLALORIDE -१९८ ट्याब्लेट, DICYCLOMINE HYDROCLALORIDE – ५१५ ट्याब्लेट, KOFTAB-D – ३०५ ट्याब्लेट, TRAMADOl HYDROCLALORIDE OPIDOL – १५०२ ट्याब्लेट, PREGOUT KIT १० ट्याब्लेट, SILDENAFIL- ४ ट्याब्लेट, ZUNUGRA RED १२ ट्याब्लेट र नगद रु १,१७,००० (एक लाख सत्र हजार) , मोबाईल १ थान बरामद गरेको छ ।

बरामद गरिएको सामान सहित उक्त क्लिनिकका संचालक यादवलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ । पक्राउ परेका उनको अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..