काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का अध्यक्ष केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक आज बालुवाटारमा बस्दैछ । प्रधानमन्त्री ओलीले समसामयिक राजनीतिक विषयमा छलफलका गर्नका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज विहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बस्ने छ । संसद्को हिउँदे अधिवेशन, कोभिड–१९ महामारीको दोस्रो लहरले सिर्जना गरेको समस्या लगायत विषयमा दलहरूको सुझाव लिन बैठक गर्न लागिएको हो ।
बैठकमा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी लगायतका सहभागी हुने छन् ।
यसअघि, गत मंसिर २३ गते पनि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएकाे थियाे ।


