भन्सार एजेन्टकै मिलेमतोमा बोतलभित्र लुकाएर पोते एक करोड माग दाबीसहित मुद्दा

काठमाडौं । भन्सार एजेन्टकै मिलेमतोमा जय पशुपति इम्पेक्सका प्रोपाइटरले खाली सिसाको बोतलमा भन्सार छलेर पोते ल्याएको भन्दै १ करोड मागदाबी सहित उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ ।

धनुषा देवपुरा रुपैठा स्थायी ठेगाना भई हाल बाङ्गेमूढा, काठमाडौं बस्ने जय पशुपति ईम्पेक्स फर्मका प्रोप्राईटर रेखा देवी दास सहित ५ जनाले राजस्व चुहावट गरेको अभियोगमा र एक करोड १३ लाख ५ हजार ५ सय १४ रुपैयाँ बिगो जफत माथ गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएको हो ।


भन्सार प्रतिनिधि सुरेन्द्र बहादुर श्रेष्ठको आपसी मिलेमतोमा भारतीय ट्रकमा शिशाको खाली बोतलमा त्रिपालले छोपेर पोते ल्याउदै गरेको र राजस्व तिरेको निस्सा माग गर्दा दिन नसकेको राजस्व अनुसन्धान विभागले जनाएको छ । चोरी पैठारी गरी राजस्व चुहावट गरेको भन्दै विभागले कारबाहीको लागि मुद्दा दायर गरेको हो ।

फर्मका प्रोप्राईटर रेखा देवी दास, मुख्य कारोबारी विकास लाल दास, गाडी चालकद्वय सुदिप श्रेष्ठ र राजकुमार तथा भन्सार प्रतिनिधि सुरेन्द्र बहादुर श्रेष्ठलाई उल्लिखित कसुर अपराधमा राजस्व चुहावट गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..