लन्डनमा लागूऔषधको कारोबार संलग्न रहेको आरोपमा एक नेपाली पक्राउ

एजेन्सी । लण्डनमा लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा एक एक नेपाली पक्राउ परेका छन् ।
साउथइस्ट लण्डनस्थित प्लमस्टिड हर्बर्ट रोड बस्ने ३३ बर्षीय अमित अधिकारी हेरोइन र क्रयाक कोकिन आपूर्तिको अभियोगमा पक्राउ परेका हुन् ।


उनका साथमा लन्डनस्थित स्प्रिंगफिल्ड ग्रोभ चर्ल्टन बस्ने १९ बर्षीय समातर शर्माइकेलाई पनि पक्राउ गरिएको न्यूज शोपरले जनाएको छ ।
उनीहरुलाई गत शुक्रबार ९ अप्रिलका दिन नियमित गस्तीमा खटिएका इन्स्टिच्युट रोड नजिक लागू औषध कारोवार गरिरहेको अवस्थामा भेटेको समाचारमा उल्लेख छ ।


आरोपित दुवै जनालाई गत १२ अप्रिलमा मिडवे म्याजिस्ट्रेट कोर्टमा उपस्थित गराइएको थियो । हाल हिरासतमा रहेका ति दुई युवालाई आउँदो मे १० मा मेडस्टोन क्राउन कोर्टमा उपस्थित गराइने समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..