धनुषा । जनता समाजवादी पार्टी ( जसपा ) नेपाल का वरिष्ठ नेता तथा सांसद राजेन्द्र महतोले विकासका आयोजनालाई प्राथमिकतामा राखेर निरीक्षण र अनुगमन गर्ने संकल्प गरेको बताएका छन्।

बिहिवार आफनो निर्वाचन क्षेत्र धनुुषा जिल्लाको क्षेत्र नम्बर ३ मा भइरहेको विकास निर्माण कार्यवारेमा जानकारी लिइएको र छिटो काम सक्न निर्देशन दिए।जनकपुरधाम सहितको धनुुषाको दक्षिणाी गाउहरु रहेको निर्वाचन क्षेत्र नम्बर ३ मा बर्षै देखि अलपत्र रहेको मनियारी सिचाई आयोजना उनको अगुवाईमा गत मंसीरमा शिल्यानाश गरिएको थियो ।

नगराईन नरगपालिका लागी महत्वपुर्ण रहेको यो सिचाई आयोजना निर्धारित समय भन्दा अगावै सम्पन्न हुने भएको छ । महतोले विहिवार निरिक्षण गर्दै भइरहेको कामको वारेमा जानकारी लिएका छन । यसका साथै अन्य विकास निर्माणका आयोजनाहरुमा भइरहेको कामको वारेमा पनि महतो जानकारी लिएका छन ।

महतोकै अगुवाईमा दशकै देखि अलपत्र दुुर्गानन्द झाको नाउको अस्पतालको काम त्यस क्षेत्रमा अगाडी वढेको छ भने केहि समय अघि डा लक्ष्मीनारायण झाको स्मृतिको समुुदायीक भवन निर्माण गरिएको थियो ।



