प्रविधिमा सरकारको छलाङ,अब घरमै बसेर जग्गाको नक्सा हेर्न सकिने

काठमाडौं । डिजिटल नेपालको अवधारणासाथ काम गरिरहेको सरकार प्रविधिमा थप एक कदम अगाडि बढेको छ । सरकारले ‘नेपाल ल्याण्ड इन्फरमेशन सिस्टम’ र ‘मेरो कित्ता’ अनलाइन प्रणालीको शुभारम्भ गरेको छ । नापी विभागमा बिहीबार आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्रीले सो प्रणालीको शुभारम्भ गरेका हुन् ।

नापी कार्यालयबाट सञ्चालन भइरहेका सेवाहरु अनलाईन मार्फत प्रवाह गर्न तयार भएको ‘नेपाल ल्याण्ड इन्फरमेशन सिस्टम’ र जग्गाको नक्सा अनलाइबाट घरमै बसेर हेर्न, प्रिन्ट गर्न र राजश्व तिर्नसकिने अनलाइन प्रणाली ‘मेरो कित्ता’को प्रधानमन्त्रीले शुभारम्भ गरेका हुन् ।

‘मेरो कित्ता’ मार्फत् आफ्नो जग्गा धनी पुर्जा, आफ्नो कित्ता, आफू बसेकै ठाउँबाट एप्समार्फत् हेर्न सकिने सरकारले जनाएको छ । यो सेवा पहिलो चरणमा काठमाडौं उपत्यकाका नापी कार्यालयहरूबाट सुरू हुने नापी विभागले जनाएको छ ।

यसअन्तर्गत काठमाडौं उपत्यकाका डिल्लीबजार, कलंकी र भक्तपुरको कार्यालयमा यो सेवा लागू हुने विभागले जनाएको छ । क्रमशः देशभरका १ सय २६ वटा कार्यालयबाट यस्तो सेवा प्रदान गरिने विभागले जानकारी दिएको छ ।

नयाँ वर्षको पहिलो दिन बुधबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘मेरो कित्ता’बारे जानकारी दिएका थिए ।

सरकारले सम्पूर्ण सरकारी निकायलाई ‘पेपरलेस’ ९कागजविहिन० बनाउन विभिन्न कामहरु गरिरहेको छ । त्यसका लागि सरकारले पेपरलेस अर्थात सबै सेवा तथा अत्यावश्यक कागजी क्रियाकलापहरुलाई प्रतिस्थापन गर्दै अनलाइनबाट सञ्चालन गर्ने प्रणाली सञ्चालनमा ल्याएको छ ।

सरकारले नागरिक एप, माटोको डिजिटल नक्सा, अनलाइनमार्फत श्रमस्वीकृति लगायत थुप्रै प्रणाली सञ्चालनमा ल्याइसकेको छ । आधुनिकीकरणतर्फको, डिजिटल प्रयोगतर्फको, सबभन्दा पछिल्लो प्रविधि प्रयोग गर्ने काममा सरकार तीब्र रुपमा लागिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..