चुच्चे नक्साबाट ४ सय ५२ जनालाई विभूषित

काठमाडौं । संविधान दिवसको अवसरमा घोषणाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्षको अवसरमा बुधबार ४ सय ५२ जनालाई विभूषित गर्नुभएको छ । गत असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपति भण्डारीले ४ सय ५२ जनालाई शितल निवासमा विभूषित गर्नुभएको हो ।

राष्ट्रपतिद्वारा यसअघि २७ चैतमा सुशोभन गरिएको पदकमा लिपुलेक र कालापानी समेटिएको ‘चुच्चे नक्सा’ नभएको भन्दै चोतर्फी पदकको आलोचना भएको थियो । तर, यसपटक भने पदकभित्र चुच्चे नक्सासहित ४ सय ५२ जनालाई विभूषित गरिएको छ ।

वितरण गरिएको पदकमा संसदबाट पारित भई प्रचलनमा ल्याइएको लिपुलेक र कालापानीसहितको नेपालको वास्तविक नक्सा अंकित पदक वितरण गरिएको छ । २०७७ सालमा लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा पारित गरेको र २०७६ सालको पदकमा पूरानै नक्सा छापिन पुगेको जनाइएको छ ।

साथै, पदकमा नक्सा विषयमा नहुनको विषयमा गृह मन्त्रालयले सबैलाई स्पष्टीकरण दिइसकेको छ । कोरोनाका कारण रोकिएको पदक वितरण २०७६ सालको संविधान दिवसका अवसरमा घोषणा गरिएको थियो ।राष्ट्रको विभिन्न क्षेत्रमा योगदान पुर्यािएका व्यक्तित्वहरुलाई विभिन्न पदक वितरण गरिएको छ ।

विभूषण समितिको सिफारिसमा मानपदवीतर्फ महाउज्जवल राष्ट्रदीप प्रथम श्रेणीबाट दुई, सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीबाट सात, उज्जल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीबाट एक, प्रसिद्ध जनसेवाश्री द्वितीय श्रेणीबाट एक, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीबाट नौ, सुप्रबल जनसेवाश्री तृतीयबाट ११२, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीबाट आठ, प्रबल जनसेवाश्री चतुर्थबाट २००, जनसेवाश्री प्रथमबाट १ सय १०, अलङ्कारतर्फ १ सय ५५ र पदकतर्फ २८ गरी ६३३ लाई विभूषित गरिने घोषणा भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..