किन रोकिदैन वीरगन्जमा अवैध हुण्डी कारोबार ?

वीरगन्ज । अवैध हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा पर्सा प्रहरीले आठ लाख नगदसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैया निवासी ४८ वर्षीय जोखन साह फकिर रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका–१६ नगवास्थित बाबा होटल अगाडि सडक खण्डमा चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको ८ लाख नगद बरामद गरि उनलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

उनका अनुसार गएराति करिब २ बजेको समयमा साइकलमा चढी हिँडिरहेको अवस्थामा निजलाई रोकेर चेकजाँच गर्दा फकिरको साथबाट उक्त परिमाणको रकमसहित नियन्त्रणमा लिइएको बताए ।बरामद गरिएको नगदसहित फकिरलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ विपरीतको कसुरमा मुद्दा दर्ता गरि आवश्यक अनुसन्धान अगाडि बढाइएको छ ।

त्यसैगरी केही दिन अघि मात्रै वीरगञ्जबाट हुन्डी कारोबारमा संलग्न ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ६० वर्षीय जोखन साई फकिर, ४५ वर्षीय तवारख देवान र ५० वर्षीय उमेश शर्मा छन् ।बुधबार दिउँसो विरगञ्ज महानगरपालिका–१० रानीघाट सडक खण्डमा चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको १६ लाख बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए ।

ना.. ९२ प ५०७३ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकलमा आएका तवारख देवान र जोखन साईको साथबाट प्रहरीले उक्त रकम बरामद गरी थप अनुसन्धानका क्रममा सोही कारोबारमा संलग्न उमेश शर्मा पक्राउ परेका हुन् । उनीहरुमाथि बैंक तथा वित्तीय संस्थासम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..