आमाको सम्पत्ति लिएर हेरचाह नगर्ने छोराछोरीलाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल रेग्मीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।


जिल्ला अदालत, काठमाडौंले ज्येष्ठ नागरिक ऐन, २०६३ बमोजिमको कसूरमा थुनामा पठाउन आदेश दिएको काठमाडौंका एसएसपी अशोक सिंहले अनलाइनखबरलाई बताए । अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको उनले बताए । आमाको सम्पत्ति हिनामिना गरेर हेरचाह नगरी वेवास्ता गरेको भन्दै उनीविरुद्ध जाहेरी परेको थियो । त्यही आधारमा २२ चैतमा प्रहरीले पक्राउ गरेको थियो ।

उनले भुपेन्द्रप्रसाद रिजालको नाममा रहेको माछापुच्छ्रे बैंकको खातामा रहेको रकम र लकरमा रहेको सुनचाँदी समेत अनधिकृत रुपमा निकालेको भनिएको थियो । यस्तै सृजना फाइनान्स र अरनिको सहकारीमा भएको रकम झुक्याएर निकालेको प्रहरीले जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..