भन्सार छलेर ल्‍याइएका मालसामानसहित ट्रक र चालक प्रहरीको फन्दामा

पर्सा । प्रहरीले वीरगञ्‍ज भन्सारबाट चोरी पैठारीको मालसामानसहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।


बीरगञ्जबाट नारायणगढ तर्फ गइरहेको ना.३ ख ७२१० नम्बरको पशुपति रोड कैरियर्सको मालवाहक ट्रक र ट्रक चालक २८ वर्षीय सुरज सिंहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


प्रहरीका अनुसार बयालीस लाख बराबरका कस्मेटिक, हार्डवेयर र किराना सामान फेला परेकोले ट्रक तथा चालकलाई कारवाहीको लागि सोमबारै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..