आफूलाई हटाउन खोज्ने शकुनीका गोटीहरु फ्याँकिनेछन्ः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ढले पनि चिन्ता नगर्न आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५५औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार ढलेपनि चिन्ता नगर्न आग्रह गरेका हुन् ।

‘वर्तमान सरकार केही महिनालाई तलमाथि परिहाल्यो भने पनि चिन्ता नगर्नुहोला,’ उनले भने । प्रधानमन्त्री ओलीले आफूलाई सरकार ढल्छ कि भन्ने चिन्ता नभएको भन्दै आफूलाई हटाउन खोज्नेहरु पनि फ्याँकिने चेतावनी दिए ।

‘मलाई सरकार जान्छ कि भन्ने चिन्ता छैन । अहिले नै हटाइहाले भने पनि केही छैन । यस्तो अंकगणितलाई वरपर पार्न खोज्ने खालका शकुनीका गोटी पनि फ्याँकिनेछन्,’ उनले भने ।

उनले उद्योगीहरूलाई आफ्नो काममा ध्यान दिन र राजनीतिको विषयमा चिन्ता नगर्न आग्रह गरे । ‘तपाईहरूलाई म ढुक्कले काममा लाग्न आग्रह गर्छु । संसदीय अंकगणितलाई गलत प्रयोग गर्ने प्रयास बिलकुलै सकारात्मक छैनन् ।

यो तपाईंहरूको रुचिको विषय होइन । यी कुरालाई त मै ठेगान लगाइहाल्छु । तपाईंहरू आफ्नो काम गर्नुहोस्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..