पुनर्नियुक्ति पाएका ४ मन्त्रीद्वारा राष्ट्रपति भण्डारी समक्ष शपथ ग्रहण

काठमाडौं । सांसद पद गुमाएपछि पुनर्नियुक्ति पाएका ४ मन्त्रीले राष्ट्रपति भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मन्त्रीमा पुनर्नियुक्ति भएका टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशङ्कर चौधरीले शपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ । उनीहरूले यसअघिकै मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

रायमाझीले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भट्टले उद्योग, वाणिज्य तथा आपूर्ति, साहले सहरी विकास र चौधरीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

सङ्घीय सांसद नरहेका व्यक्तिलाई प्रधानमन्त्रीले ६ महिनाका लागि मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..