सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी ( सिडीयो ) प्रदीपराज कणेंललाई विभूषण प्रदान गरिएको छ । रास्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार विशेष समारोहका वीचमा प्रजिअ कणेंललाई सुप्रवल जनसेवा श्री (तृतिय) विभूषणवाट विभूषित गरेको हो ।
जिल्ला प्रशासन कार्यालय धनुषा, कारागार व्यवस्थापन विभाग र जिल्ला प्रशासन कार्यालय सिरहामा जिम्मेवारी वहन गर्दैगर्दा आफ्नो व्यवहार, स्वभाव र कार्य सम्पादनका दृष्टिकोणमा कणेंल चर्चित रहँदै आएका छन् ।
कुशल प्रशासकको रुपमा ठहरिएकाले विभूणवाट विभूषित भएको हो । प्रजिअ कणेंलले आफ्नो कामको मूल्यांकन गरी सम्मान गरेकामा विशेष धन्यवाद प्रकट गरेका छन् ।


