अभिनास इन्टरनेसनल प्रा.लिका सञ्चालक साहविरुद्ध ५ करोड २९ लाख विगोसहित कैद माग गर्दै मुद्दा दर्ता

पर्सा । अभिनास इन्टरनेसनल प्रा.लिका सञ्चालक प्रविन्द्र साहलाई ५ करोड २९ लाख विगो दाबीसहित जरिवाना र कैद माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ ।राजस्व अनुसन्धान विभागले उनीमाथि झुट्टा तथा नक्कली मुल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व छलि गरेको आरोपमा उक्त मुद्दा दायर गरेको हो ।


साहसँगै उक्त फर्मको बैंक खाता सञ्चालक मोहम्मद जाबिर अन्सारीले मालबस्तु स्थानीय खरिद तथा आयात नगरी, झुट्टा खरिद देखाई विभिन्न फर्महरूलाई विक्री बीजक जारी गरी उक्त फर्महरूबाट विक्री रकम भुक्तानी गरेका थिए ।


तर त्यसक्रममा उनीहरुले बीजक मार्फत असुल गरेको मूल्य अभिवृद्धि कर रकम सरकारी कोषमा दाखिला नगरेको र विभिन्न फर्महरूलाई नक्कली एवं झुट्टा बीजक उपलब्ध गराएको विभागले जनाएको छ ।
उनलाई राजस्व चुहावटको कसूरगरेको देखिएकाले राजस्व चुहावट ऐनको दफा ३ बमोजिम कारवाहीका लागि माग गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..