देशभित्र र बाहिरका अनेक षडयन्त्र र प्रपञ्च विरुद्ध लडिरहेका छौं : माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरु देशभित्र र बाहिरका अनेक षडयन्त्र र प्रपञ्च विरुद्ध लडिरहेका बताउनुभएको छ ।

३२ औं जनआन्दोलन दिवसका सन्दर्भ पारेर माओवादी केन्द्रले मंगलबार रुकुम पश्चिममा आयोजना गरेको जन प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डले काठमाडौंमा बसेर लडेको लडाइँले आफूहरुलाई धेरै प्रतिफल नदिएको बताउनुहुँदै आफूहरु जनताको गाउँघर, टोलमा पुगेका बेला जनताको बलमा सफलता पनि प्राप्त हुने गरेको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, ‘मलाई गद्दार भन्नेहरूलाई गल्ती स्वीकार गर्दै आएपछि मैले विश्वास गरेँ । सायद मैले गल्ती गरेँ । म अब त्यस्तो गर्दिनँ ।’ संगठनमा कुनै प्रभाव नै नभएका मानिसलाई स्थायी समितिमा राखेको भन्दै उनले त्यस्ता मानिस अन्ततः ‘बिकाउ’ साबित भएको उहाँको भनाई थियो ।

जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई उल्ट्याउन जाली फटाहा, प्रतिक्रान्तिकारीले प्रयास गरिरहेको भन्दै अध्यक्ष प्रचण्डले त्यसका विरुद्ध संघर्षका क्रममा आफूले जनताको साथ खोजेको बताउनुभयो । उहाँले पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि आफू प्रतिगमन हो भनेर त्यसविरुद्ध संघर्ष गर्न देशव्यापी अपील गरेको स्पष्ट गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..