बादलबाहेक ओली सरकारमा पार्टीबाट मन्त्री बनेका सबैलाई माओवादीले कारबाही गर्यो, संसद सचिवालयमा पत्र

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई कारबाही गरेको छ । उक्त निर्णय आज संघीय संसद सचिवालयमा दर्ता भएको छ । चारै जना मन्त्रीहरु सांसद नरहेको कुरा माओवादी केन्द्रले आज संसद् सचिवालयलाई जानकारी गराएको हो ।

यसअघि पार्टीले उनीहरुलाई तत्काल पार्टीमा फर्किनको लागि आग्रह गरेको थियो । पछि, २४ घण्टे स्पष्टीकरणसमेत सोधेको थियो । ती मन्त्रीहरुले आफूहरुले कुनैपनि हालतमा प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने उद्घोष गरेका थिए ।

पार्टीका सार्वजनिक कार्यक्रममै अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीलाई साथ दिने पार्टीबाट मन्त्री भएकाहरुलाई अब पार्टीमा ठाउँ नभएको बताएका थिए । तर, पार्टीले राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादललाई भने कारबाही गरेको छैन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..