नवलपरासी । पश्चिम नवलपरासीको भारत सीमा बाट बिभिन्न समान को साथै कुखुरा अबैध रुपमा तस्करी कार्य तीव्रगतिमा भएको छ । यस बारे स्थानिय प्रहरी प्रशासन , ससस्त्र प्रहरी,घुमुवा अन्य निकायलाई आर्थिक प्रलोभनमा परी यस कार्य अबैध गर्ने गोप्य तयारी छन् ।
यस कार्य अबैध रुपमा भइरहे हुँदा पनि स्थानीय प्रहरी प्रशासन ससस्त्र प्रहरी घुमुवा अन्य निकाय हरु ले कुनै वास्ता नगरेको । यसरी दैनिक रुपमा तस्करी हुँदा पनि प्रसासनहरु ले किन मौन भएर बस्नु को अर्थ के होला ।स्थानीय प्रहरी प्रशासन कै मिलोमातो मा यस्ता कार्य अबैध रुपमा भैइरहे छ।
यस कार्य मा भारत तथा नेपाल को तस्कर मिली यस कार्य ब्यपाक रूप मा भइरहेको हकुईको गाउँ हुँदै कपडा तस्करी सुनवल सम्मा पुर्याउने गरेको र भारत को सीमामा पर्ने रूपन्देही को तर्कुलाहा, बुचिबर्वा गाउँ हुँदै साइकल र मोटरसाइकल मा लोड गरेर तोनवा को गाउँमा नेपाल को तस्कर हरु लाई जिम्मा लगाउदा पनि तोनवा प्रहरी चौकीका इन्चार्ज मुक्दर्सक बन्छन । भारत तथा नेपालका तस्करहरुको मिलीमतोमा अबैध रुपमा इलेक्ट्रोनिक सामाग्री,लत्ताकपडा,सवारी साधनका पाटपुर्जा,गाई भैंसी ,खसी बोका ,खाद्यान्न सामाग्री ,खुकुराहरु भित्राउने गरेको पाइन्छ ।
तस्करले विशेष गरि रातको समयमा भारतीय तथा मधेसी मुलका अशिक्षित युवालाई आर्थिक प्रलोभन देखाए नेपाल भित्राउने गरेको खुकुरा भित्राउदै गरेका एक युवाले बताए । यसको रहस्य के होला। दैनिक रूपमा तस्करी हुनु कारण मासिक कमिसन नै हो । सुत्रको अनुसार प्रत्यक तस्करी संग मासिक रु ५००० लिने गरेको पाईन्छ ।
उक्त कुखुरहरु मोटरसाइकल र बोलेरो बाट रूपन्देही को खैरहनी र सुनवल का खुद्रा ब्यपारी हरु लाइ दिने गरेका छन्। तर सीमावर्ती क्षेत्र मा पर्ने प्रहरी प्रशासन, घुमवा, शास्त्र प्रहरी , तस्करी कार्य अबैध रुपमा भैरहे पनि प्रसासन हरु मौन भयर बसिरहेका छन्।
नवलपरासीमा जिल्ला भर पछिल्लो समय अबैध सामान ओसारपसारमा कमि आएता पनि सिमावर्ती प्रहरीको मिलिमतोमा दैनिक रुपमा तस्करी हुँदा पनि जिल्ला प्रहरी भने बेखबर जस्तैः छ ? सिमावर्ति प्रहरी प्रशासन कै मिलोमातोमा यस्तो अबैध कार्य भैरहदा नियमन नगर्न्र निकायले कार्वाही गर्ला कि नगर्ला ?


