देश चरम फाँसीवादतिर जान लाग्यो : पूर्वप्रधानमन्त्री प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश चरम फाँसीवादी निरंकुशतातिर जान लागेको बताउनुभएको छ । शुक्रबार प्राध्यापक माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभा बोल्दै अध्यक्ष प्रचण्डले नेपाली जनताले गरेको बलिदान उल्ट्याएर देशलाई फाँसीवादको बाटोमा जान लागेको बताउनुभएको हो ।


उहाँले भन्नुभयो, ‘मुलुक अराजकतातिर जान खोजेको छ, राज्य आफैले मुलुकलाई प्रतिगमनतिर धकेल्न खोजेको छ, नेपाली जनताले सात दशक लडेर ल्याएको उपलव्धी उल्ट्याउन खोजिएको छ ।’
देशलाई चरम फाँसीवादतिर उन्मुख गरिएकाले प्रतिगमनतिरको यात्रा रोक्नु नै अहिलेको प्रमुख चुनौति रहेको पनि उहाँले बताउनुभएको छ ।

सरकारकै अगुवामा लोकतन्त्रका मूल्यमान्यता र आन्दोलनका उपलब्धीहरु, शहीदहरुले बगाएको रगतलाई अपमान गर्ने र समाजलाई निरंकुशतन्त्रतिर लैजाने प्रयास भएको पनि उहाँले बताउनुभयो ।


अध्यक्ष प्रचण्डले वर्तमान ओली सरकारको कार्यशैलीतर्फ संकेत गर्दै पुस ५ मा गरेको संसद विघटनपछि संसद पुनर्स्थापना भएपनि प्रतिगमनकारी षडयन्त्रको अन्त्य भैनसकेको बताउनुभएको छ ।
प्राध्यापक माणिकलाल श्रेष्ठको जीवनबाट शिक्षा लिने बेला आएको पनि अध्यक्ष प्रचण्डले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..