भारतको सीतामढीमा भेटिएका धर्मपुरका सातजना किशोरीलाई परिवारको जिम्मा लगाइयो

महोत्तरी । बिहारको सीतामढीमा भेटिएका महोत्तरीको भंगहा नगरपालिका ८ धर्मपुरका सातजना किशोरीलाई परिवारको जिम्मा लगाइएको छ । महोत्तरी प्रहरीले बुधबार राति साढे १० बजे जलेश्वर ल्याएर उनीहरुलाई परिवारजनको जिम्मा लगाएको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धीरज प्रतासिंहले जानकारी दिए । 

बुधबार बिहान सीतामढीमा फेला परेका उनीहरुलाई भारतीय प्रहरीले उद्धार गरेको थियो । भारतीय प्रहरीले राति साढे ९ बजे नेपाल प्रहरीलाई जिम्मा लगाएपछि परिवारलाई जिम्मा लगाउने सहमति भएको थियो।  

दोषी पत्ता लगाउन घटनाको अनुसन्धानमा तथा थप सोधपुछको लागि बालिकाहरू लाई राती राखेर आज बिहीबार परिवारजनसँग घर पठाइएको छ ।  

भँगाहा नगरपालिका ८का सातजना किशोरी मंगलबार दिउँसो घाँस लिन गएको बेलादेखि बेपत्ता भएका थिए ।

सीतामढी प्रहरीले उद्धार गरेपछि किशोरीहरुले आफुहरु गायिका बन्न हिँडेको बयान दिएका थिए । यसले उनीहरुलाई बाहिर लैजानमा कसैको संलग्नता भएको हुन सक्ने आशंका गरिएको छ । 

मंगलबार अबेर साँझसम्म घर नफर्केपछि घरपरिवारमा रुवाबासी भएको थियो भने गाउँले त्रसित भएका थिए । उनीहरुको खोजतलासमा नगरप्रमरुख संजिव साहसहित जन प्रतिनिधि, प्रहरी र स्थानीय बासिन्दा लागेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..