प्रधानमन्त्री ओलीलाई भुसालको जवाफ : नक्कली हैसियत किन खोज्नु भएको ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) नेता तथा पूर्वमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिनुभएको छ । उहाँले ओलीलाई नक्कली हैसियत किन खोज्नु भएको हो ? भनेर प्रश्न गर्नुभएकाे छ ।

उहाँलकाे पत्रमा भनिएको छ, ‘’दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी’ को अध्यक्षका रुपमा तपाईँको हैसियत, त्यस अर्थमा त्यस कमिटीले गरेको भनिएका निर्णयहरु सबै अवैधानिक छन्, नक्कली छन् । म नवौँ महाधिवेशनबाट निर्वाचित उपमहासचिवको हैसियतले तपाईँलाई त्यसै महाधिवेशनले निर्वाचित गरेको अध्यक्षबाहेक अन्य हैसियतमा स्वीकार गर्दिन । यसर्थ त्यस्तो अन्य हैसियतमा तपाईँले लेख्नु भएको पत्रको स्पष्टिकरण दिनु आवश्यक छैन । बरु तपाईँ आफै पार्टीको वैधानिक अध्यक्षको हैसियत भएको व्यक्तिले नक्कली हैसियत किन खोज्नु भएको हो ? पार्टीको अध्यक्षजस्तो जिम्मेवारीमा रहेको व्यक्तिले पार्टीको वैधानिक व्यवस्थालाई भत्काउने र पार्टीलाई अराजकतातर्फ धकेल्ने काममा किन लाग्नु भएको हो ? जस्ता प्रश्नको उत्तर तपाईँले नै स्पष्ट पार्नु पर्ने देखिन्छ ।’
भुषालले स्पष्टीकरणमा सत्ता र शक्तिको भोगको हिसाबले तपाईँले पाउन अझै के बाँकी छ ? भनि प्रश्न पनि गर्नुभएकाे छ । उहाँले लेख्नुभएकाे छ- ‘पार्टीलाई बन्धक बनाएर तपाईले ती सबै पूरा गर्नु भयो । त्यहि अनुपातमा तपाईँले पार्टीको विचार, आदर्श, सामुहिकता, सामाजिकताजस्ता धरोहरहरु भत्काउँदै जानु भयो । अझै पनि हाम्रा अग्रजहरुको त्याग–बलिदानले निर्माण गरेका केहि विरासत बाँकी छन् जसमा आउने पिँढीले नेपाली जनताको, खासगरी श्रमजीवी वर्गको भरपर्दो लोकतान्त्रिक र क्रान्तिकारी पार्टीका रुपमा पुनर्जीवित गर्न सक्छन्, मेरो लाख–लाख अनुरोध छ, कमरेड १ यस पार्टीलाई अगाडि बढ्न दिनुस्। अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्यूँझनुस्। क्रान्ति त अघि बढ्छ, बढ्छ । आज वा भोलि वा पर्सी तपाईँ दण्डित हुनु हुनेछ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..