सिके राउतलाई राज्यविरुद्धको अपराध मुद्दामा पैतिस दिनभित्र हाजिर हुन आदेश

काठमाडौं । राज्यविरुद्धको संगठित अपराध मुद्दा कसुरमा जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन नवलपरासी जिल्ला अदालतले आदेश दिएको छ। अदालतले आज गोरखापत्रमा सार्वजनिक सूचना निकालेर ३५ दिनभित्र हाजिर हुन आदेश दिएको हो।

राउतलाई बाटोको म्यादबाहेक ३५ दिनभित्र सबुत प्रमाणसहित अदालतमा हाजिर हुन आदेश दिएको हो। यसअघि पक्राउ पूर्जीसहितको सूचना जारी भए पनि घर पत्ता नलागेका कारण सूचना जारी गर्नु परेको अदालतको ठहर छ।  समयमा हाजिर हुन नआए कानुनअनुसार कारबाही गर्ने अदालतले जनाएको छ। उनीसँगै रामकुमार तामाङको नाममा पनि पक्राउ पुर्जी जारी गरिएको छ।

स्वतन्त्र मधेशको माग गर्दै आएका राउत र सरकारबीच २०७५ फागुन २४ मा ११ बुँदे सहमति भएको थियो। जसमा राउत पक्षले संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार्दै स्वतन्त्र राजनीति गर्ने तथा स्वतन्त्रता, स्वाधीनता र अखण्डतको रक्षा गर्ने प्रतिवद्धता जनाइएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..