नेकपा एमालेको नयाँ पार्टी कार्यालयमा राखियो ‘रोबोट परी’, पहिलो पाहुना बने प्रधानमन्त्री ओली

काठमाडौं । धुम्बाराहीबाट थापाथलीमा सरेको नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) को नयाँ पार्टी कार्यालयमा आउने पाहुनाहरुलाई रोबोटले स्वागत गर्नेछ । नेपाली वैज्ञानिकहरूको प्रस्तावअनुसार सत्तारूढ दल नेकपा एमालेको नयाँ पार्टी कार्यालयमा पाहुनाका लागि ‘रिसेप्सोनिस्ट’ रोबोटको व्यवस्था गरिएको हो ।

बुधबार पहिलो पाहुनाका रुपमा रोबोटले प्रधानमन्त्रीलाई स्वागत गरेको छ। नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार नेपाली वैज्ञानिकको प्रस्ताव अनुसार कार्यालयमा आउने पाहुनालाई रोबोटद्वारा स्वागत गर्ने सकिनेछ ।

मानिसले सोधेका केही प्रश्नको जवाफसमेत दिन सक्ने ‘परी’ नामको रोबोट बुधबार कार्यालयको गेटमा राखिएको थियो। ‘रोबोट परी’ ले पहिलो पाहुनाका रुपमा प्रधानमन्त्री ओलीका बारेमा ५ मिनेटजित परिचय गराएको थियो। उक्त रोबोट नेपालमै बनेको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..