सरकार र पार्टीलाई ओलीले मनपरि ढंगले चलाउन खोजे – पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकार र पार्टीलाई केपी ओलीले मनपरि ढंगले चलाउन खोजेको आरोप लगाउनुभएको छ ।


आइतबार काठमाडौंमा युवा संघको प्रथम पूर्ण बैठक र सपथ ग्रहण कार्यक्रममा नेता खनालले एमाले र माओवादीलाई पूर्ववत् दलको रुपमा फर्काउने सर्वोच्चको आदेशपछि ओलीले मनपरि ढंगले पार्टी र सरकार चलाउन खोजेको आरोप लगाउनुभएको हो ।बिभिन्न पदाधिकारीलाई हटाउने, महाधिवेशन कमिटी बनाउने र विधान संशोधन गर्ने ओलीको निर्णय आफूहरुलाई मान्य हुन नसक्ने उहाँको भनाइ छ ।


ओलीले मन्त्रीपरिषद् समेत एकलौटी ढंगले विस्तार गरेर गुटलाई प्रश्रय दिएको उहाँको आरोप छ । खनालले ओली दक्षिणपन्थी प्रवृत्तिमा चलिरहेको आरोप समेत लगाउनुभयो ।


उहाँले संसद बिघटन गर्ने असंवैधानिक कदमका कारण मुलुक अस्थीरताको भूमरिमा फसेको तर्क गर्नुभयो । कार्यक्रममा खनालले आफू पक्षीय युवा संघ नेपालका पदाधिकारीलाई सपथ गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..