प्रधानमन्त्री ओली बर्षाैदेखि बिदेशीबाट पालितपोषित व्यक्ति हुन् : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओलीलाई विदेशीका अगाडि राम्रै लम्पसार पर्न सक्ने भन्दै विदेशीले हुर्काएको एजेन्टको संज्ञा दिएका छन्।

विदेशीको साथमा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्न लागेको आरोप लगाउँदै गणतन्त्र समाप्त गर्ने र संविधान च्यात्‍ने धारकाे नेतृत्वमा ओली रहेको प्रचण्डलेको भनाइ छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित ५६ औंअन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो आरोप लगाएका हुन् ।

‘संघीयता र लोकतान्त्रिक गणतन्त्र सिध्याउन सक्ने एउटै व्यक्ति अनि जाति, लिंग र समुदायका हकअधिकार सिध्याउन सक्ने, विदेशीसँग राम्रै लम्पसार पर्न सक्ने २० औँ, २५ औं वर्षदेखि विदेशीले हुर्काएको पालित–पोषित पनि को हो भनेर हेर्दै जाँदा त्यो धारको प्रतिनिधिको रुपमा सबैले केपी ओलीलाई भनेका छन्’, प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..