जनसरकार प्रमुख खारेज, सिरहा जिल्लामा पार्टी कमजोर बनाएको आरोप

सिरहा । नेपाल कम्युनिष्ट पार्टी (विप्लब) सिरहाको नबौं बैठकले सक्रेटरी इन्चार्ज र घोषणा गरिएको जनसरकार प्रमुखलाई खारेज गरेको निर्णय गरेको छ । चैत ७ गते सुदीलाल यादवका सभाध्यक्षतामा बसेको बैठकले सिरहा जिल्लाका इन्चार्ज सक्रेटरी र ब्युरो इन्चार्जले पार्टीलाई गुमराहमा राखेर संगठनलाई कमजोर बनाएको आरोप लगाएको छ ।

सहि सत्य धारणा राख्ने तथा जनपक्षीय विचार दिनेपक्षलाई बैठकमा नबोलाएको आरोप लगाउँदै पार्टीका सिरहा जनसरकार प्रमुख तथा जनकपुर ब्युरो उपप्रमुख भक्तबहादुर कार्कीले भने केही जिम्मेवार व्यक्तिले अनियमिता तथा पार्टी हित विपरित क्रियाकलाप गरेको कारण यिनीहरुको जिम्मेवारी खारेज गरेको निर्णय गरिएको हो ।

आजको बैठकले इन्चार्ज सक्रेटरीलाई राखेर स्पष्टिकरण माग्ने निर्णयका साथै महासचिवसँग आन्तरिक छलफल गरी संगठन सुदृढ बनाउँने निर्णय समेत गरेको जानकारी प्राप्त भएको छ ।

बैठक सिरहाको एक पश्चिमी स्थानीयतह क्षेत्रमा भएको हो । बैठकमा नेकपाका दूई दर्जनबढी जिम्मेवार व्यक्तिको विशेष उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..