सीआईबीका इन्स्पेक्टर र सईलाई अन्तर्राष्ट्रिय अवार्ड हस्तान्तरण

काठमाडौँ । संयुक्त राष्ट्र संघको वातावरण कार्यक्रमले दिएको अवार्ड प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुदर्शन पन्थी र प्रहरी नायब निरीक्षक (सई) वीरेन्द्रसिंह जोहारीलाई हस्तान्तरण गरिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का निर्देशक सहकुलबहादुर थापाले अवार्ड हस्तान्तरण गरेका हुन् ।संयुक्त राष्ट्र संघको कन्फेरेन्स सेन्टरले गरेको भर्चुअल कार्यक्रममार्फत दिएको अवार्ड ब्युरोका निर्देशकले पन्थी र जोहारीलाई एक समारोहकाबीच दिएका हुन् ।
अन्तरदेशीय वातावरणीय अपराधविरुद्ध उल्लेखनीय भूमिका खेलेको भन्दै उनीहरुलाई ५ फागुनमा पुरस्कृत गरिएको थियो ।


सीआईबीको पिल्लर ४ मा कार्यरत उनीहरुले कुख्यात वन्यजन्तु तस्कर कुञ्जोक लामालाई पक्राउ गर्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..