प्रधानमन्त्री ओलीलाई जनताकाे भन्दा पनि कसरी भ्रष्टाचार गर्ने भन्ने बढी चिन्ता भयाे : उपाध्यक्ष शाक्य

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जनताकाे चिन्ता नभएकाे बताउनुभएकाे छ । बुधबार एमालेका वरिष्ठ नेता झलनाथ खनाल र मााधवकुमार नेपाल समूहले सानेपामा गरेकाे राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै शाक्यले ओलीलाई जनताकाे भन्दा पनि कसरी भ्रष्टाचार गर्ने भन्ने चिन्ता बढी भएकाे बताउनुभयाे ।

‘कोरोनाका कारण नेपाली जनता घरगाँउ फर्किरहँदा हामीले भनेका थियौँ- प्रधानमन्त्रीको हैसियतले, पार्टीको हैसियतले, सरकारको हैसियतले कोभिडमा पीडित जनतालाई बेलैमा उपचार गरौं, बेलैमा त्यो पीडालाई सहयोग गरौं भनेर भनेका थियाैँ तर उहाँलालाई मतलब भएन, चिन्ता भएन,’ शाक्यले भन्नुभयाे, ‘उहाँलाई बरु कसरी भ्रष्टाचार गर्ने भनेर चिन्ता भयो, भ्रष्टाचार गर्न थाल्नुभयो ।

शाक्यले प्रधानमन्त्री ओलीले पार्टी एकिकरणको कामलाई एक सेकेण्ड पनि समय नदिएकाे ओरोप लगाउनुभयो । शाक्यले भन्नुभयाे, ‘उहाँले पार्टी एकिकरणको कामलाई एक सेकेण्ड पनि दिनुभएन, उहाँले एकिकरण मतलब राख्नु भएन, सम्पूर्ण कमिटिहरुलाई अस्तव्यास्त बनाइदिनुभयो । त्यसपछि उहाँले बैठक बस्नै छाड्नुभयो । बैठकबाट हामी अलकढलक हुनुपर्यो र हामीले पीडा भोग्नुपर्यो ।’

उहाँले आजको भेला गुट भेला नभइ एमालेको भेला भएकाे दाबी गर्नुभयाे । आफूहरूले एमालेलाई बलियो, सुदृढ र एकीकृत गर्न चाहेको बताउनुभयाे ।

‘हामीले यो भेला आयोजना गर्दा बालुवाटारलाई पीडा भएछ। त्यहाँ बस्ने ओलीलाई पीडा भएछ। त्यसैले यहाँ आउने सबैलाई कारबाही गर्छौं भन्नुभएछ। त्यतिले मात्र नपुगेर महासचिवबाट प्रेस विज्ञप्ति जारी गर्नुभएछ’, उहाँले भन्नुभयाे , ‘यो गुटको भेला होइन। यो नेपाल कम्युनिस्ट पार्टी एमालेले आयोजना गरेको भेला हो । त्यसैले ढुक्क भएर बस्नुस्। हमी एमालेलाई बलियो सुदृढ र एकीकृत गर्न चाहन्छौं। समाजवादको लक्ष्य हासिल गर्न चाहन्छौं ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..