मेयर कप क्रिकेट प्रतियोगिता २०७७ मा नेपाल प्रहरी क्रिकेट टीम प्रथम

काठमाडौं । काठमाडौं महानगरपालिकाको सहयोग एवं सहकार्य तथा नेपाल क्रिकेट संघको आयोजनामा संचालित मेयर कप क्रिकेट प्रतियोगिता २०७७ मा नेपाल प्रहरी क्रिकेट टीमले प्रथम स्थान हासिल गरेको छ ।

उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गरेको नेपाल प्रहरी क्रिकेट टीमले ५ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नुका साथै प्रहरी जवान दिपेन्द्र सिंह ऐरी ‘म्यान अफ द सिरिज’ घोषित भएको नेपाल प्रहरी खेलकूद समितिले जनाएको छ ।

उक्त प्रतियोगिता गत फागुन १२ देखि २९ गतेसम्म काठमाडौंको त्रिभुवन बिश्वबिद्यालय र मुलपानी खेल मैदानमा सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..