जयकृष्ण गोइत समूहद्धारा लहान मालपोतमा बम विस्फोट – उच्च स्तरको कारवाही गर्ने चेतावनी

लहान । जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले सिरहाको लहानमा विस्फोट गराएको छ। सिरहा लहान नगरपालिका – ८ स्थितमा रहेको मालपोत कार्यालय लहानमा गोइत समूहले विस्फोट गराउँदा ८ जना घाइते र १ जनाको अवस्था चिन्ताजन छन्। घटनालगतै गोइतले प्रेस विज्ञप्ति जारी गरी घटनाको जिम्मेवारी लिएका छन्।

मधेश स्वतन्त्र देश हुनु पर्ने माग राख्दै २०६१ सालदेखि सशस्त्र संघर्षरत गोइत समूहले तराई मधेशमा भ्रष्टाचार तथा अपराध बढ्दै गएको भन्दै विरोध स्वरुप विस्फोट गराएको गोइतले जनाएका छन्।

अहिले उत्पन्न परिस्थितिको जिम्मेवार नेपाल सरकार र प्रदेश सरकार हुने पनि उल्लेख गरेका छन्। अवस्थामा सुधार नआए यसभन्दा पनि उच्च स्तरको कारवाही गर्ने चेतावनी गोइतले दिएका छन्।

आइतवार दिउँसो करिब १२ बजेर ४० मिनेटको बम विस्फोट भएको थियो। आज बिहानमात्र गोइत समूहका नेता रामविलाश यादवले आत्मसमर्पणसमेत गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..