लागूऔषधसहित सर्लाहीको हरिवनमा कार्यरत प्रहरी जवान धामी पक्राउ

रौतहट । रौतहटमा लागूऔषधसहित एक प्रहरी जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीमा कार्यरत प्रहरी जवान कमल धामी रहेका छन् ।उनीसँगै मोटरसाइकलमा सवार रौतहट चन्द्रपुर नगरपालिका–३ गैंडाटारका सत्यनारायण कुमरलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूराकीको आधारमा चन्द्रनिगाहपुर बजार क्षेत्रमा ना ५८ प ९५४८ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा ९ सय थान लागूऔषध नाइट्राभेट फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए ।


प्रहरी कर्मचारी नै भएपनि गैरकानुनी काम गर्ने धामीलाई पक्राउ गरी नियन्त्रणमा राखिएको प्रहरी उपरीक्षक शाहले बताए । पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..